
पूर्णपुष्टि, माघ ४
सोमवार दिउँसो उदयपुरको कटारी नगरपालिका ४ मरुवामा भएको बुलेरो दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना घाईते भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाटाखोला बस्ने ३८ वर्षिय विक्रम राना मगर रहेका छन् । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेमा सोही ठाउँका ५६ वर्षिय सेतीमाया श्रेष्ठ, ५२ वर्षिय चन्द्र श्रेष्ठ, उमेर नखुलेको गीता श्रेष्ठ, १७ वर्षिय मनोज खड्का, ५२ वर्षिय किशनलाल श्रेष्ठ, ५ वर्षिय बालक दिवस श्रेष्ठ, ३६ वर्षिय बुद्धिमाया श्रेष्ठ र ३५ वर्षिय बेदकुमारी श्रेष्ठ रहेको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

तिब्र गतिमा बोलेर कुदाएकोले अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । उनीहरुको कटारी अस्पतालमा उपचार भईरहेको छ भने बोलेरो चालक प्रेम बहादुर श्रेष्ठ फरार भएका छन् । कटारी बजारबाट सिरिसेघुम्ती जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो मरुवा बिजुले घुम्तिमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

