
पूर्णपुष्टि, ३० असार ।
कटारी नगरपालिका ११ हर्देनीमा शिक्षकहरुलाई बाल बिकास सम्बन्धि क्षमता अभिबृद्धि तालिम दिईएको छ । कटारी नगरपालिका वडा नम्बर ११ हर्देनिको सहयोगमा सरस्वती माध्यामिक बिद्यालयमा ५ दिने क्षमता बिकास तालिम सम्पन्न भएको हो । मन्टेस्वरी तथा प्रारम्भिक बाल बिकास सम्बन्धि शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । उक्त तालिममा विभिन्न चारवटा बिद्यालयका १६ जना शिक्षक शिक्षिकाहरु सहभागी रहेको प्रशिक्षक तुलाराज अधिकारीले जनाए । लामो समय देखि सामाजिक तथा शिक्षाको क्षेत्रमा काम गरि रहेका अधिकारीले एकीकृत पाठ्यक्रम लगाएत बिषेशगरी Arts Bassed teaching ,Montessori Based learning बिषयमा छलफल तथा सिकाइ सामग्री निर्माण गरिएको जनाए ।
तालिमले बिद्यालयका शिक्षकहुरुको सिकाउने शैलीमा सुधार हुने र नयाँ बिधिहरुबाट सिकाईने सिकाई ब्यबहारिक परिवर्तन हुने आश्वासन गरिएको वडा अध्यक्ष अनन्त हायुले जनाए । त्यस्तै विद्यालयका प्रध्यापक दिनेश रायाले तालिमले शिक्षण बिधिमा थप सुधार ल्याउने र सिकाइमा सकारात्मक परिवर्तन हुने जनाए । यता सेतु गुराँस उदयपुरकी अध्यक्ष समेत रहेकी तालिम प्रशिक देवी कटुवालले तालिममा गित , कथा , कविता तथा खेल्को माध्यम बाट बालबालिकामा सिकाउन सके सिकाइ छिटो हुने र सिकाई दिगो हुने जनाईन् ।

