Saturday, June 20News That Matters

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

पूर्णपुष्टि, जेष्ठ ३०

कटुवा पेस्तोलसहित एक युवा सिरहाबाट पक्राउ परेको छ । सुखीपुर नगपालिका–७ बलही निवासी ४७ वर्षीय गणेश कुमार सिहंलाई प्ररहरीले पक्राउ गरेको हो ।
आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सिराले जनाएको छ ।
गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।