
पूर्णपुष्टि, जेष्ठ ३०
उदयपुरमा रुखको हाँगाले लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् ।
आइतबार १२ः२० बजेको समयमा त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले काटाएको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर उनको मृत्यु भएको हो ।
समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काटाएको जनाएको छ । उक्त रुख काट्ने क्रममा हाँगाले लागेर घटना स्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
