Saturday, June 20News That Matters

बेल्टारको डिपार्टमेन्टबाट रक्सी र चुरोट चोरी गर्ने पक्राउ

पूर्णपुष्टि, जेष्ठ ३०

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टारमा सञ्चालित सजिलो डिपार्टमेन्ट स्टोरबाट रक्सी र चुरोट चोरी गर्ने एकजना पक्राउ परेको छ । बेल्टार बजारमै कपाल काट्ने हजामे काम गर्दै आएका २५ वर्षीय राजेश ठाकुरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
डिपार्टमेन्टका सञ्चालक मिलन राईका अनुसार मदिरा र चुरोट चोरी गरेको शंका लागी सिसिटिभीमा देखिएको फुटेज जाँच गर्दा उक्त घटनाबारे जानकारी भएको बताए ।
सो फुटेज हेर्दा ठाकुरले स्टोरबाट रेडलेवल–५ बोतल, ब्ल्याक लेवल–१ बोतल, सुर्य चुरोट–८० प्याकेट, शिखर चुरोट–७३ प्याकेट, खुकुरी चुरोट–६२ प्याकेट, बिजुली चुरोट–६४ प्याकेट, पाइलट चुरोट–३ प्याकेट, ब्ल्याओक–६ बोतल, गोल्डेन ओक–१ बोतल स्टकबाट लुकाइछिपाइ लगको देखिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको इप्रका बेल्टारका प्रहरी निरीक्षक छेफिन्जो भोटेले जानकारी दिए ।