Thursday, June 18News That Matters

कटुवा पेस्तोल र लागुऔषधसहित १ जना पक्राउ

पूर्णपुष्टि, असार २ गते ।
सुनसरीमा कटुवा पेस्तोल र लागुऔषधसहित एक जना युवक पक्राउ परेको छ । जिल्लाको कोशी गाउँपालिका–२ स्थितबाट प्रहरीले इटहरी उप–महानगरपालिका–३ सुनसरी घर बताउने १९ वर्षीय रोहित राईलाई पक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले हिजो बिहान राईलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागुऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३३७५ पिससहित पक्राउ गरेको हो । कटुवा पेस्तोल र लागुऔषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।