पूर्णपुष्टि, पुष २५ गते ।
भोजपुरको षडानन्द नगरपालिका–६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन ।
हिजो बेलुकी ४ बजे कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।
