Tuesday, July 7News That Matters

चौदण्डीगडीमा जेष्ठ नागरिकलाई सिरक वितरण

पूर्णपुष्टि, पुष २५ । उदयपुरको चौदण्डीमा बिपन्न,अशक्त र जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको छ । आईतवार वडा नं. ६ले एक औपचारीका कार्यक्रमको आयोजना गरी स्थानीय जेष्ठ नागरिकहरुलाई न्यानो सिरक र झुल वितरण गरेको हो । वडा आसपास क्षेत्रमा बासोवार गर्ने २० जना बिपन्न अशक्त र जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप वडाले कपडा वितरण गरेको वडा अध्यक्ष अम्बर बहादुर खड्काले बताएको छ ।

सिरक र झुल बितरण कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य मन्जु पारीयार, वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा सदस्य कमल कार्की, गीता खड्का, वडा सचिव पुष्कल राइ लगायतको उपस्थिती रहेको थियो।