
पूर्णपुष्टि, चैत २३
कतार प्रहरीको लागी कुनै डिमाण्ड नआएकाले म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न विभागले आग्रह गरेको हो ।
वैदेशिक रोजगारीको लागी कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको भएपनि कतार प्रहरीको लागि कुनै पनि ‘डिमाण्ड’ नआएको विभागले जनाएको छ ।
कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।
