Thursday, October 15News That Matters

८७ केजी गाँजासहित २ जना पक्राउ

पूर्णपुष्टि,चैत २३

सुनसरीमा ८७ के.जी. लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । सुनसरी कोशी गाउँपालिका– ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको लागूऔषध गाँजा सहित पक्राउ परेको हो ।

चैत्र २१ गते बिशेष सुचनाको आधारमा कोशी गाउँपालिका–४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ गरिएका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।