
सुनसरी, चैत २३
सुनसरीबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । धरान–८ भोटेपुल बस्ने २७ वर्षीय सविन नेपाली लागुऔषधसहित पक्राउ परेको हो ।
सोमबार विहान साढे ५ बजे विशेष सुचनाको आधारमा नेपालीको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा डाईलेक्स डिसी ६ बोतल र स्पास्मो प्रोक्सिभोन प्लस ३ सय ३६ क्याप्सुलसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
