Friday, May 15News That Matters

कतार विश्वकपका लागि यी १३ राष्ट्र छनोट, छनोटका लागि अझै १९ राष्ट्र बाँकी

पूर्णपुष्टि, मंसिर १

आयोजक कतार सहित १३ राष्ट्र आगामी विश्वकपका लागि छानिएको छ । कतार आयोजकको रुपमा सिधै विश्वकपमा छानिएको हो भने, अन्य १२ राष्ट्रहरु प्रक्रियागत खेल पार गर्दै छानिएको हो । कतारले अर्को बर्ष फिफा विश्वकप आयोजना गर्ने भएको छ ।

सो खेलमा सहभागीताका लागि अहिले छनोट चरणका खेलहरु चलिरहेको अवस्था छ । हालै छानिएका १३ राष्ट्रहरुमा आयोजक कतार, दक्षिण अमेरिका र युरोपका राष्ट्रहरु छन् । युरोपका राष्ट्रहरु फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स रहेको छ भने, दक्षिण अमेरिका ः ब्राजिल, अर्जेन्टिना र आयोजक ः कतार छन् ।