
पूर्णपुष्टि/बैशाख, २९
कपिलवस्तुका १० संक्रमित मध्य ८ जना लकडाउनकै बेला मुम्वाईबाट नेपाल लुकिछिपि आएको खुलेको छ । सोमवार कोरोना संक्रमण फेला परेको उनिहरु वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए ।
अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणको रिर्पोटले मुम्वाईबाट आएका आठ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।
कपिलवस्तुमा बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना गरी जम्मा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
आठ युवक भने वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइन बसेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको जनाएको छ ।
