
पूर्णपुष्टि, बैशाख २६ गते ।
कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक सय एक पुगेको छ ।

