Wednesday, July 1News That Matters

रेडक्रसद्वारा कैदीबन्दीलाई झुल, सावन, मास्क प्रदान

पूर्णपुष्टि, वैशाख २६ ।

जिल्ला कारागार उदयपुरमा रहेका कैदीवन्दीका लागि रेडक्रस सोसाइटी उदयपुरले शुक्रबार झुल, साबुन, बाल्टी र मास्क प्रदान गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा २ सय झुल, २ सय साबुन, २ सय मास्क र २० वटा बाल्टी प्रदान गरेको हो ।

रेडक्रस उदयपुरका प्रमुख विनोद बस्नेतले त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई कारागारको निम्ति सामान हस्तान्तरण गरेपछि मेयर चौधरीले कारागार प्रमुख कुमार खड्कालाई हस्तान्तरण गर्नुभयो ।

देशले कारोना संक्रमणको उच्च जोखिमको सामना गरिरहेको अवस्थामा कारागारका कैदीबन्दीहरुलाई केही सहजताका लागि सामान प्रदान गरिएको रेडक्रस उदयपुर प्रमुख बस्नेतले बताउनुभयो । कैदीबन्दीका लागि सामान प्रदान गरेकोमा मेयर चौधरीले रेडक्रसलाई धन्यवाद ज्ञापन गर्नुभयो । कारागार प्रमुख खड्काले सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कारागार प्रमुख खड्का अनुसार हाल कारागारमा १ सय ९३ जना कैदीबन्दी रहेका छन् । जसमा १२ जना महिला र ५ जना आश्रित वालवालिका रहेका छन् ।