
मोरङ, बैशाख २६ गते ।
मोरङको मिक्लाजुङमा ईनारमा डुबेर सानुमाया लम्सालको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–७ बेलगौडे निबासी ६० बर्षीया लम्सालको डुबेर मृत्यु भएको हो ।
आफ्नै घर अगाडी रहेको पानीको ईनारमा हिजो दिउँसो साँढे १ बजे डुबेर मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जनाकरी पाउना साथ तत्काल ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटेका प्रहरी टोलीले शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको ईप्रकाले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
