Monday, May 4News That Matters

कप्तान रोहितको अर्धशतक, भारत ‘ए’ टिमलाई १६८ रनको लक्ष्य

पूर्णपुष्टि, साउन १ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ । कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रन बनाएको हो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागी कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । १० ओभरमा ३७ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि रोहितले सोमपाल कामीसँग छैटौं विकेटका लागि ५३ रन र गुल्सन झासँग सातौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान रोहितले सार्वाधिक ६५ रनको योगदान गरे ।

गुल्सन झाले ३८ रन बनाए भने सोमपालले १४ रन बनाए । देव खनालले १५ रन बनाए । त्यस्तै नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै रन बिहिन हुँदै आउट भएका थिए भने आसिफले ७ रन बनाए । पवन सर्राफले ६ रन बनाए भने भीम सार्कीले ४ रन बनाए । कुशल मल्ल पनि रन बिहिन आउट भए । भारतका बलर निशान्त सिन्धुले ४ विकेट लिए, राजवर्धनले ३ र हर्षित रानाले २ विकेट लिए ।