Wednesday, June 10News That Matters

कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा

पूर्णपुष्टि, बैशाख २७ । कमेडियन विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । गतवर्ष मंसिरमा इन्गेजमेन्ट गरेका उनिहरुले परिवार, आफन्त र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

आर्मी अफिसर्स क्लबमा उनीहरूको विवाह समारोह चलिरहेको छ । आज बेलुका रिसेप्सन पार्टी पनि राखिएको छ । विक्की कमेडी च्याम्पियनका फर्स्ट रनरअप हुन् भने श्रद्धा उक्त शोको निर्देशकिय टिममा सहभागी थिइन् । त्यसपछि उनीहरूले कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका थिए ।