
पूर्णपुष्टि, भदौ १४
आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि हात पारेको छ । बेम्बली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पछि पार्दै आर्सनलले उपाधि हात पारेको हो ।
खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।
