
पूर्णपुष्टि, भदौ १३
खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक बालकको मृत्यु भएको छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।

सुठुनीबारीमा बाँदर धपाउनका लागि भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमाको घरमा बस्दै आएको थियो ।
