Monday, April 20News That Matters

कम्युनिष्ट आन्दोलनलाई जोगाउन एमालेमा विद्रोह निरन्तर चलिरहन्छ ः पोलिट व्युरो सदस्य चौधरी

पूर्णपुष्टि, कार्तिक ७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट व्यूरो सदस्य, प्रदेश नं. १ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले कम्युनिष्ट आन्दोल बचाउका लागि एमालेमा बिद्रोहको आवश्यक रहेको बताए । चौधरीले शनिवार नेकपा एस त्रियुगा नगर कमिटिीको सपथ ग्रहण तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमा बिभिन्न खरबा व्यक्ति र खराब सोँचका व्यक्तिहरुका कारण एमाले बिभाजन र बिद्रोहमा पुगेको बताए ।

अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएको पार्टीलाई थिलथिलो र बदनाम गरेकाले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि हामीले बिद्रोह गरेका हौं नेता चौधरीले भने । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलन बिर्सजन तिर लागेपछि लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि न्यायपूर्ण बिद्रोह गरेका छौं । बिद्रोहलाई हामीले बाध्यता भन्दा पनि ऐतिहासिक आवश्यकता ठानेका छौँ ।

एकीकृत समाजबादी गठनको औचित्य पुष्टि गर्दै चौधरीले एमाले अध्यक्ष ओलीले नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन र सहिदको अबमूल्यन गरेको बताए । ओली अध्यक्ष भएपछि एमालेलाई दक्षिणपन्थी बिसर्जनबाद र चरम पुँजीबादमा भसाउँदै लगेपछि धरासायी हुँदै गएको नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउन तथा संविधानको रक्षा गर्न नेकपा (एकीकृत समाजबादी) गठन गर्नु पर्ने बताए । ‘एमालेको अध्यक्ष भएपछि ओलीले एकपछि अर्को गरी पार्टीलाई नेपाली कम्युनिष्टको मूल प्रवाहबाट दक्षिणपन्थी भासमा भसाउँदै लगे’ बस्नेतले भने ‘सुधार्न खोग्दा नसुध्रिएपछि कम्युनिष्ट आन्दोलन नै खतरामा परेकाले हामीले नेकपा एस बनाउन बाध्य भयौं ।

नेकपा (एस) ले मुलुकको कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै, समाजबादी आन्दोलन तर्फ अघि बढाउने चौधरीको प्रतिबद्धता ब्यक्त गरे । ओली पार्टी र सरकारको नेतृत्वमा आएपछि जनताले प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था जस्ता ऐतिहासिक उपलब्धीहरु सिध्याउने काममा निरन्तर लागि परेको आरोप लगाए । पार्टीलाई एकपछि अर्को भ्रष्ट, अनैतिक र अराजक समूहमा रुपान्तरण गर्दै गएपछि त्यसको रक्षा गर्ने जिम्मा लिन एस गठन भएको हो । जनताले दिएको झण्डै दुईतिहाई बहुमतको विश्वास माथि ओलीले गम्भीर कुठाराघात गर्दै  प्रतिगमनतर्फ अघि बढेको भन्दै उनले त्यसको रक्षा गर्न पनि एस गठन गर्नु पर्ने ऐतिहासिक बाध्यता आएको नेता चौधरीको भनाई रहेको छ ।

आफै एमाले फुटाउने अनि अरुलाई दोष दिने ओली माथि सर्वोच्च अदालतले नेकपा बिघटन गर्दै एमाले र माओबादी केन्द्र अलगअलग बनाईदिएपछि गुट भेलाबाट पार्टी फुटाएको आरोप उनको छ । ओलीले सहिदको रगतबाट प्राप्त परिवर्तन, कम्युनिष्टको बहुमत सरकार र ऐतिहासिक उपलब्धीहरुलाई एकपछि अर्को गर्दै दक्षिणपन्थमा लगेर आत्मसमर्पण गराउँदै संविधान नै सिद्ध्याउने खेलमा लागेको पनि बस्नेतको आरोप थियो । यस्तो अवस्था आएपछि देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन नेकपा (एस)को जन्म भएको हो ।

भिम रावल, युवराज ज्ञवाली, रघुजी पन्त लगायत १० भाई एमालेमा रहेपनि उनीहरुले ओली रहुन्जेल कदापी ठाउँ नपाउने र उनीहरु पुनः विद्रोहको बाटो रोज्ने र एमालेमा विद्रोहको श्रृङ्खला अझै केही समय नरोकिने नेता चौधरीले बताए ।