पूर्णपुष्टि, पुष १८
किशोरी करणी गरेको आरोप लागेका वडा अध्यक्षले प्रहरी सामु आत्मसमर्पण गरेको छ । आरोपित निजगढका वडाअध्यक्ष फरार रहेका थिए । निजगढ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजु भनिने राजन श्रेष्ठले आईतबार प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिई वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
फरार वडाअध्यक्ष स्वयं आफै प्रहरी सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक संजीव ओलीले जानकारी दिए ।
किशोरीका अभिभावकले २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस यता देखीनै अध्यक्ष श्रेष्ठ फरार रहेका थिए ।
