
पूर्णपुष्टि, जेठ ११ गते ।
जबरजस्ती करणी मुद्धामा ईलाका प्रहरी कार्यालय कोहलपुको हिरासतको शौचालयमा एक जना थुनुवा मृत अवस्थामा फेला परेको छ । करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर–१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
आज विहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।
स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।
