
पूर्णपुष्टि, चैत १७ ।
करणी र ठगी मुद्दाका प्रतिवादी अस्पतालको शौचालयबाटै फरार भएका छन् । जुम्लाका ३८ वर्षीय हरिमान कामी आज बिहान बाँकेको भेरी अस्पताल नेपालगञ्जको शौचालयबाट फरार भएका थिए ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार शौचालयबाट भागेको आधा घन्टाभित्रै प्रहरीले कामीलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणी र ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका कामीले बुधबार आफू बिरामी भएको बताउँदै आएको हुँदा प्रहरीले बिहीबार बिहान साढे ८ बजेतिर भेरी अस्पताल पु¥याएको थियो ।
अस्पताल पुगेपछि कामीले आफू शौच लागेको भन्दै शौचालय पसेका थिए ।
नेपाल–भारत सीमाना क्षेत्रको जंगलतर्फ प्रवेश गर्ने क्रममा उनी पक्राउ परेको एसपी अधिकारीले बताए ।
