Sunday, June 28News That Matters

करदाता सेवा कार्यलयको आयोजनामा कटारीमा कर शिबिर, २४ लाख राजस्व संकलन

पूणर्पुष्टि, साउन, ११

आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको छ ।

कटारीका ब्यबसायीहरु लाई राजस्व बुझाऊँन सहज होस भन्दै कटारीमा १ दिन शिविर सञ्चालन गरिएको छ। शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो । कार्यालको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ ।

शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताउनु भयो । करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथा सुबिधा जस्ता बिषयहरुमा अन्तर्क्रिरया समेत भएको कर अधिकृत बुढाथोकीले  बताउनु भयो ।

यहाँका व्यवसायीहरुलाई कर तिर्न निकै समस्या रहेकाले शिबिरबाटै  कर तिर्ने ब्यबस्था गरीदिन शिबिर राखिदिन कार्यालयलाई आग्रह गरेको उदयपुर उधोग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताउनु भयो । व्यवसायीको हितको निम्ति आगामी दिनमा पनि यस्तै शिबिरहरु सञ्चालन गर्न खोजी रहेको खड्काले बताउनु भयो । यहाँका व्यवसायीहरु बिभिन्न व्यवसायको कर तिर्न जिल्ला सदरमुकाम गाईघाट जानुपर्ने बाध्यता रहेको छ । घरदैलो मै सेवा पाउदा यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

वर्षातको समय घुर्मी(कटारी(मिरचैया सडक त्रासदी पूणर् यात्रा गरेर गाईघाटमा कर बुझाउनको निम्ति जानु पर्ने र यहिँ कर बुभाउन पाउँदा समयको पनि बचत भएकाले खुसी व्यक्त गरेका हुन् । कटारीमा चलेको शिविरमा कर बुझाउन आएका कटारी नगरपालिका वडा नम्बर १४ घुर्मी निवासी नारायण प्रसाद धमलाले करदाता शिक्षा नहुँदा धेरै साना व्यवसायीहरु मर्कामा परेको बताउनु भयो ।

कहिले कर तिर्ने, कुनकुन व्यवसाय गर्दा कर तिर्नु पर्छ भन्ने जस्ता बिषयमा अन्योल रहेकोमा शिविर बाट प्रष्ट भएको धमलाले बताउनु भयो । व्यवसायीहरुले शिबिर भन्दा पनि यहाँ कर संकलन गर्ने कार्यालय नै स्थापना भए साना व्यवसायीहरु कर संकलन गर्ने तथा कर तिर्ने जस्ता बिषयमा जानकारी राख्न पाउने उहाँको भनाई छ ।

शिविरमा ७ सय ५५ जनाले सेवा लिएका थिए । कटारीका व्यवसायीहरुले गाईघाट पुगेर कर तिर्न जाँदा प्रति व्यक्ति ब्याक्ति ४ हजार भन्दा वढि रकम खर्चिनु पर्ने बाध्यता थियो ।

यसरी कटारीमै शिबिर सञ्चालन गरेर राजस्व संकलन गर्दा यहाँका व्यवसायीहरुको ठूलो आर्थिक रकम पनि बचत भएको छ । शिविर बाट व्यवसायीहरुले कर तथा राजस्व तिरेका थिए । व्यावसायीबाट अन्त शुल्क नवीकरण बाट २० लाख ३० हजार, आयकर ३ सय ६३ जना बाट  ३ लाख ६३ हजार गरेर २३ लाख ९३ हजार राजस्व संकलन भएको कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो ।

शिविर बाहेक गाईघाटमा गएर कर बुझाउदा प्रति व्यक्ति ४ हजार भन्दा बढि आउदा जाँदा खचिर्नु पर्ने बाध्यता रहेको उदयपुर उधोग वाणिज्य संघ कटारी महासचिब जमान सिंह बस्नेतले बताउनु भयो।उहाँले १ दिनको शिविरमा सबै व्यवसायी समेटिन नसकेको भए आगामी दिनमा पनि शिविर राखिने ब्यबसाहीलाई सहज बनाउने बताउनु भयो ।

समय र रकम बचत हुँदा यहाँका व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । आर्थिक रकम र समयको बचत हुँदा यहाँका व्यवसायीहरुले यस्ता शिविर आमागी दिनहरुमा पनि राख्नु पर्नेमा जोड दिएका छन् ।