
मिलन परियार
लिम्चुङ्बुङ साउन ११
उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाका कृषकहरुलाई बाँदर दुम्सीले हैरान बनाएको छ । पालिकाको ५ वटै वडा बास्बोटे, बाराहा, ताम्लिछा, बलम्ता र जाँतेमा कृषकहरुले लगाएको बाली आतंकाका कारण कृषकहरु हैरान भएका हुन् । बर्षकै प्रमुख खाध्यबाली अन्तर्गत मकै पाक्नै लागेको अबस्थामा बादर र दुम्सिको आतंक कृषकहरुको बालीमा अहिले बढ्दो छ ।
यसरी प्रमुख वालीहरुनै सखाप पार्ने गरी दुम्सी र बाँदरले कृषकहरुलाई हैरान बनाउँदा वाली जोगाउन कृषकलाई हम्मेहम्मे परेपछि कृषकहरु हैरान बनेका छन् । दिनभरि बादर सुगा , लामपुछ्रे ,रुङ्ने काम गरे पनि राती को समयमा दुम्सीले मकै सखाप हुने गरि नस्ट पार्दै आएको जाँतेका कृषक इन्द्र कार्कीले बताए ।
बिगत २ बर्ष देखी फौजी किराको आतंक र खडेरीका कारण मकैको बिउ सम्म जोहो गर्न नसकेका कृषकहरुलाई यस बर्ष भने समय अनुसार पानी परेकोले राम्रै मकै उत्पादन भएको कृषकहरु बताउँछन् । तर उत्पादन भएका वालीलाई बाँदर र दुम्सी बाट जोगाउन बढो चुनौती भएको कार्कीले बताए ।
यता स्थानीय सरकार तथा सरोकारवालाहरुले बादर तथा दुम्सी नियन्त्रणका लागी तत्कालै कुनै पनि औजार तथा उपकरण उपलब्ध गराउन नसक्ने बताएका छन् । कृषकहरुलाई भने बाली जोगाउनै मुस्कील भैसकेका छन् ।
