
पूर्णपुष्टि, १ असार ।
बाबरी बेल्दोभान सडकको ग्राभेल निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेको छ । लामो समयदेखी जिर्ण अवस्थामा रहेको त्रिनपा १०, १६ र १५ मा पर्ने करमगाछी, बावरी बेल्दोभान सडक बर्षौदेखी सहजतामा दिगो हुन सकेको छैन् । महत्वपूर्ण सडकको रुपमा परेपनि यस सडक लामो समयदेखी मर्मत संभारले पछि परेको सडक हो ।
पछिल्लो समय मर्मत संभारको भागेदार बनेका यस सडकमा अहिले धमाधम ग्राभेल भैरहेको छ । प्रदेश सरकारको करिब २४ लाख बराबरको बजेटमा यस सडकमा ग्राभेल लगायतका अन्य मर्मत कार्य चलिरहेको छ ।
स्तरउन्नती अन्तर्गत सडकको २५ सय मिटर ग्राभेल, आरसीसी ढलान र जाली भर्ने भनिएको छ । तर ग्राभेलको सामाग्री गुणस्तरहिन भएको भन्दै स्थानीयहरुले निर्माण कम्पनीमाथी प्रश्न उठाएको छ । त्रियुगा नगरपालिका १६ निवासी पेशल राईले आफु बर्षौदेखी यस सडकलाई प्रयोग गर्दै आएको भन्दै सडक राम्रो बन्नु पर्ने माग छ । उनले आफुलाई थाहा भए अनुसार उक्त सडकमा ग्राभेल गर्ने भनिएको बताए । तर ग्राभेलको नाममा गुनस्तरहित सामाग्री प्रयोग भएको प्रति उनले आपत्ति जनाए ।

राईका अनुसार ग्राभेलको नाममा बरुवा खोलाको ढुँगा, बालुवा र गिटी प्रयोगमा आएको जनाए । ग्राभेल ग्राभेलनै हुनु पर्छ, त्यसका लागि गिटी बाहेक अन्य सामाग्री प्रयोग गर्नु हुँदैन्, तर यहाँ स्थानीय बरुवा खोलाको ढुँगा गिटी, बालुवा माटो जस्ता सामाग्री प्रयोग भएको छ राईले भने, । उनले सडकको एक ठाउँमा थोरै ग्राभेलको गिटी बिछाएपनि अन्य ठाउँमा भने बरुवा खोलाको ढुँगा बालुवा बिछाईएको जनाए । यसलाई सम्बन्धित निकायले ध्यान पुराउनु पर्ने उनको भनाई छ ।
अर्का स्थानीय गणेश राईले काम लापर्वाही हिसावले भएको भन्दै यसलाई तत्काल सच्याउन माग गरेको छ । उनले ग्राभेलमा माटो पनि प्रयोग गरेको पाईएको भन्दै काम अघि बढ्न दिन नहुने जनाए । उनले सामाग्रमीमा लापर्वाही भएको र ग्राभेलको नाममा गुणस्तरहिन सामाग्री प्रयोग भएको जनाए । राईले ग्राभेलको ग्रेडिङ पनि नमिलेको जनाएको छ । कुनै ठाउँमा त जिरो पयटमा मात्रै सामाग्री लगाईएको जनाए । उनले ग्राभेलमा जिरो पयट अनुसारको काम स्टामेटमा नहुनु पर्ने हो भन्दै काम प्रति गुणासो गरे । स्थानीयहरुका अनुसार सडकमा नाली पनि निर्माण नभएको जनाए । उनिहरुले नाली विना कसरी बाटो र ग्राभेल बच्ला भन्दै प्रश्न समेत गरेको छ ।

आनन्द कन्ट्रक्सनका प्रोपाईटर अनिल खड्काले उक्त सडकको स्तरउन्नतीका लागि ग्राभेल, आरसीसी ढलान र जालीको काम गरी भ्याट सहित २४ लाख बराबरको काम भैरहेको जनाएको छ । उनले नालीको भने स्टामेटनै नभएको जनाए । स्टामेट बाहेक अन्य कामहरु गर्न नसकिने भन्दै स्टामेटमा उल्लेख गरिएको सबै कामहरु भैरहेको जनाए । खड्काका अनुसार उक्त सडकमा २५ सय मिटर ग्राभेल, १११ घन मिटर जाली र ९० मिटर आरसीसी ढलान स्टीमेटमा रहेको जनाएको छ ।

खड्काले भौतिक पूर्वधार कार्यालयको स्टीमेट र निर्देशन अनुसारनै काम गरेको जनाए । भौतिक पूर्वधार कार्यालयले बरुवा खोलाकै ग्राभेल हाल्न भनेको र सोही अनुसार आफुले काम गरेको जनाए । यसमा कार्यालयले नै बरुवा खोला डिम्की मुनिको ग्राभेल उठाउन भनेपछि त्यहिँको ग्राभेल हालेको जनाए । उनले काम पुरा भैनसकेको भन्दै अपुग ठाउँहरुमा छलफल गरी काम पुरा गर्नु पर्ने जनाए । खड्काले त्यो सडक आफ्नो पनि रहेको हुँदा काम राम्रो गर्नु पर्ने जिम्मेवारी रहेको जनाए । यस बाहेक व्यत्तिगत लागनीमा समेत आफुले त्यस सडकलाई मर्मत गरेको जनाए ।
धेरै ग्राभेलका कारण मोटरसाईकल चिप्लियको गुनासो आएपछि बरुवा खोलाको ग्राभेल हालेको साईड इन्चार्ज तथा पूर्वधार विकास कार्यालय उदयपुरका इन्जिनियर महेन्द्र चौधरीले जनाए । उलने अन्य खोलामा पनि त्यस्तै नै सामाग्री रहेको हुँदा स्थानीय खोलाकै ग्राभेल हालेको जनाए । बाटोलाई सहज बनाउने र बचाउने आधारमा बरुखा खोलाको ग्राभेल उपयक्त रहेको उनले संकेत गरे । उनले सडकमा ठुला ढुँगाहरु र खाल्डाहरुले अप्ठ्यारो पार्दा माटो बालुवा ढुँग मिसाएर ग्राभेल गरेको जनाए ।

