
उदयपुर, चैत्र १३ गते ।
उदयपुरको त्रियुगा नगरपालिका २ मा एक युवाको करेन्टले शुक्रवार मृत्यु भएको छ । २४ बर्षीय जोतीकुमार राईको करेन्ट लागेर मृत्यु भएको १ नं प्रदेश प्रहरीले जनाएको छ ।
बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका थिए । घाइते राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।
