
ईलाम, चैत्र १३ गते ।
ईलामको रोङ गाउँपालिका १ की एक महिलाले खुर्पाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् । ५० बर्षीया टिकामाया राईले आत्महत्या गरेकी हुन् ।
रोङ गाउँपालिका ४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको १ नं. प्रदेश प्रहरीले जनाएकाे छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
