
पूर्णपुष्टि, वैशाख १७ गते ।
खोटाङ र मोरङको छुट्टाछुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ ।
हिजो बेलुका पौने पाँच बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका ३६ वर्षीय भिम बहादुर बि.क. को मृत्यु भएको हो । बि.क स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए । घाईते बि.क.लाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
त्यसैगरी सोही दिन राती पौने ७ बजे मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरका कामदार स्थानिय २३ वर्षीय टंक लिम्वुको मृत्यु भएको छ । लिम्वु क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएका थिए ।
घाईते लिम्वुलाई तत्काल उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।
