Wednesday, April 22News That Matters

करेन्ट लागेर उदयपुरगढीमा एक युवाको मृत्यु

पूर्णपुष्टि, साउन १० । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बुधबार जिल्लाको उदयपुरगढी गाउँपालिका–६ ओदालेका होम बहादुर मगरका २५ बर्षीय छोरा राजु आले मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार केही दिनदेखि पानी नपरेका कारण खेत सुकेको र इनारको पानी मोटरबाट तानेर खेतमा लगाउन मोटर चलाउँदा मगरको करेन्ट लागेर मृत्यु भएको हो । मोटरको नाङ्गो तार पानीमा झरेको अवस्थामा राजुले तार छोएकोले करेन्ट लागेको डिएसपी चापागाईनले बताए ।