
पूर्णपुष्टि, जेष्ठ १३
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० बर्षीय जिवानन्द मेहेता रहेका छन् ।
आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
