
मोरङ, चैत्र ७ गते ।
मोरङ पथरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–६ शान्ति चोक निबासी ३९ बर्षीय मनबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लगेर हिजो बेलुका सवाँ ८ बजे विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
