Friday, July 17News That Matters

आज डलरको भाउ आकाशियो

पूर्णपुष्टि, चैत ७ गते । 

आज अमेरिकी डलरको भाउले आकाश छोएको छ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३ सय ८६ रुपैयाँ ६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ५ पैसा तोकिएको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ सय १८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ४४ पैसा रहेको थियो ।