
पूर्णपुष्टि, चैत ७ गते ।
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
