
पूर्णपुष्टि, चैत ७ गते ।
श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आगामी सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । संसदिय चुनाव आगामी वैशाख १३ गते तय भएको स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।
चुनाव सार्नुको कुनै कारण नभएपनि कोरना भाईरस (कोभिड–१९) को संक्रमण फैलिने त्रासले चुनाव सारिएको संचारमाध्यमहरुले जनाएको छ । राष्ट्रपति गोताबाया राजपक्षले दुई तिहाइ बहुमतले संसद जित्ने अपेक्षा गरेका छन् ।
पछिल्लो समयमा कोरोनाको संक्रमण दर वृद्धि देखिएको छ । पछिल्लो तीन दिनमा कोरोनाको संक्रमितको संख्या दुई गुणाले बढेको जनाईएको छ ।
श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएर घर फर्केको र ५७ जनाले उपचार गराईरहेको जनाईएको छ ।
श्रीलङ्कामा कोरोना भाइरसको सक्रमण इटलीको भन्दा खराब हुन सक्ने भन्दै सरकारी मेडिकल अफिसर्स एसोसिएशनले चेतावनी दिएको छ ।
