Monday, June 22News That Matters

करेन्ट लागेर १ को ज्यान गयो

झापा, बैशाख ११

झापाको दमकमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका–२ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर ज्यान गएको हो ।

शुक्रबार बेलुका करिब ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी थिईन् । उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।