
ईलाम, बैशाख ११
ईलामको सुर्योदयमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सुर्योदय नगरपालिका–५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको मृत्यु भएको हो ।
सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई शुक्रबार बेलुका ५ बजे दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।
