
ईलाम,मंसिर १३ गते ।
ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईलाम नगरपालिका–५ को माईखोला हाईड्रो पावरमा काम गर्ने क्रममा बारा बर्दिया घर भई ईलाम बस्दै आएका २८ बर्षीय बालकुमार चौधरीको मृत्यु भएको हो ।
गतराती ११ बजे हाईड्रोपावरमा कामगर्ने क्रममा तार सट भई करेन्ट लागी बेहोस भएका चौधरीको उपचारको क्रममा राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
