
धनकुटा,मंसिर १३ गते ।
धनकुटामा ट्याक्टर दुर्घटना हुदाँ ट्याक्टर चालक र सह–चालकको मृत्यु भएका छन् । कोशी राजमार्ग अन्र्तगत धनकुटा नगरपालिका–१ हिलेमा ट्याक्टर दुर्घटना हुदा मृत्यु भएका हुन् ।
शुक्रबार दिउँसो साढे १ बजे ट्याक्टर दुर्घटना हुदा चालक धनकुटा सिंजालीगाउ निबासी ४० बर्षीय राजकुमार मगर र सह–चालक २७ बर्षीय दलबहादुर सिंजालीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सधुवाबाट हिलेतर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा चालक राजकुमारको ट्याक्टरले किचि घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पउने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
