
राजेन्द्र दुष्ट
बेल्टार/मंसिर १३ गते ।
घर निर्माणको क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई आर्थिक सहयोग प्राप्त भएको छ । पोखरामा घर निर्माणको काम गर्ने क्रममाा लडेर घाईते भएका चौदण्डीगढी नगरपालिका–१ छुईला निवासी २१ वर्षिय युवराज राईको उपचारको लागि जापानबाट आएको सहयोग बुधबार उनबो बुवा आमालाई हस्तान्तरण गरिएको हो ।
चौनपा–१ निवासी जापानमा बसोवास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित १ लाख ५ हजार ६ सय ५० रुपैयाँ घाईतेका बुवा मोहन र आमा मैया राईलाई स्थानीय युवा समाजसेवी सन्तोष राई मार्पmत घरैमै पुगेर हस्तान्तरण गेको समाजसेवी राईले बताए ।
घाईते राईको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको समाजसेवी राईले बताए । आर्थिक अबस्था कम्जोर भएका घाईते राईको उपचारमा आर्थीक समस्या परेको उनको परिवारले जनाएको छ ।
घाईते राईको ढाड, कम्मर, टाउको र हात खुट्टामा गहिरो चोट लागेको छ भने चिन्ताजनक अवस्था भएको समाजसेवी राईले बताए ।
