Saturday, June 6News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, असार १६ 

झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ  करिब ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भईरहेको ईप्रकाले जनाएको छ ।