
धनकुटा, असार १६
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमवार राती करिब साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्याेई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुदा चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
