Saturday, June 13News That Matters

खेत जोत्दा चेपिएर १ जनाको मृत्यु

मोरङ, असार १६ 

मोरङमा खेत जोत्दा ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–५ मा खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिएर हिजो दिउँसो ३ बजे मो.सजाद मियाको मृत्यु भएको हो ।

धनपालथान गाउँपालिका–६ निबासी लखन रायको  खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिदा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

घटनाको थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको ईप्रकाले जनाएको छ ।