Sunday, June 28News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, श्रावण २

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज–२ मुसरी टोल बस्ने २० बर्षीय महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो ।

हिजो दिउँसो ५ बजे अन्सारीले बिजुलीको ट्रान्स मिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनि वेहोस भएका थियो ।

वेहोस भएका अन्सारीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा साझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।