
मोरङ, श्रावण २
मोरङमा कुलामो डुबेको अवस्थामा एक बालक मृत फेला परेको छ । पाँचथरको मिक्लाजुङ–२ घर भई मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मावली घर आएका हर्क बहादुर लिम्बुको ३ बर्षीय छोरा बियन लिम्बु घर नजिकै रहेको कुलोमा मृत फेला परेको हो ।
बिहिवार राती साँढे ९ बजे बालक उक्त कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
