Friday, May 22News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, भाद्र २७

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो दिउँसो साँढे ३ बजे घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।