Monday, June 29News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, असोज २१

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिराटनगर–८ का ४० बर्षीय  अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको हो ।
आज विहान पौने १२ बजे बुढिगंगामा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा खसेको थियो । करेन्टको झड्का लागेर भुईमा बझारिदा गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।