
पूर्णपुष्टि, असोज २१
गुल्मीमा आफनै बाबुको हत्या गर्ने छोरा पक्राउ परेको छ । आफ्नै बुवालाई कुटपिट गर्दा मृत्यु भएपछि फरार रहेका इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेत पक्राउ परेको हो ।
अनिलले आफ्नै घरमा आईतबार साँभफ ६० वर्षीय बाबु दिलबहादुर बस्नेतलाई कुटपिट गर्दा मृत्यु भएपछि उनी फरार भएका थियो । अनिललाई वडा नम्बर १ हर्पुकोटस्थित फुपु दिदीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
छोराको कुटपिटबाट दिलबहादुर गम्भीर घाइते भएको थियो । गम्भीर घाइते भएका दिलबहादुरलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

