Tuesday, June 9News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, असार ८ गते ।
संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका–१२ का ३९ बर्षीय रोमन कुमार चन्द घाईते भएको हो ।
घाईतेलाई उपचारको लागी हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।